रवि र रमेश खरेलबीच भेटवार्ता, सहकार्य गर्ने विषयमा छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ ।

दुई पार्टी पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको सुशासन पार्टीले जनाएको छ ।सुशासन पार्टीले आफ्नो फेसबुक पेजमा तस्बिरसहित भेटघाटको जानकारी गराएको हो ।

नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका रमेश खरेल आगामी संसदीय चुनावमा काठमाडौं–१ बाट उम्मेदवारी दिने तयारीमा छन् । भने पत्रकारीतबाट राजनीतिमा आएका रवी लामिछाने कुन क्षेत्रबाट निर्वाचन लड्ने अहिले सम्म निश्चित भएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार