एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री झाँक्री अनुपस्थित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक मिनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

साढे ११ बजे पार्टी कार्यालयमा भएको बैठकमा मन्त्रीहरू विरोध खतिवडा र प्रेम आले उपस्थित छन् । मन्त्री रामकुमारी झाँक्री भने अनुपस्थित रहेको एक सदस्यले बताए । एकीकृत समाजवादीमा अहिले मन्त्री हेरफेरको विषय विवाद चलिरहेको छ ।

एकीकृत समाजवादीमा ७१ सदस्यीय रहेको छ । बैठकको सुरुमा अध्यक्ष नेपालले एजेन्डा प्रस्तुत गरे पनि मन्त्री परिवर्तनको विषयमा भएको विवादको बारेमा केही पनि बोलेनन् । बैठकमा आगामी चुनावको तयारी र संगठन विस्तार मुख्य एजेन्डा रहेको भएपनि मन्त्री परिवर्तनको विषयमा भइरहेको विवादको विषयमा पनि छलफल हुने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार