हामी विदेशी सामु लम्पसार पर्दैनौं : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि कम्युनिस्ट पार्टी विदेशी सामु लम्पसार पर्न नसक्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीलाई सही नीतिमा अघि बढाउनु अहिलेको प्रमुख चुनौती रहेको पनि बताए ।

उनले कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने भन्दै विदेशी सामु लम्पसार पर्न नसक्ने दावी गरे ।

‘पार्टी बलियो छ भने पार्टी सहि नीतिमा अघि बढेको छ भने सबै खालका चुनौतीको सामना गर्न सकिन्छ’, उनले भने, ‘हामी राष्ट्र र राष्ट्रप्रतिको समर्पण भावबाट विचलित हुन सक्दैनौ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार