वर्षा बाधक बन्दा नेपाल एसिया कपमा छनोट हुन सकेन, युएई फाइनलमा

मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रोकिँदा युएई फाइनलमा पुगेको छ।

नेपालले पहिलो इनिङमा राम्रो प्रदर्शन गरेपनि वर्षा नेपालका लागि बाधक बन्यो ।किनरारा एकेडेमी ओभलमा भइरहेको खेल नेपालको इनिङ्स सकिएलगत्तै वर्षाले रोकिएको थियो।

यसअघि आश्मिना कर्माचार्यले युएईको ५ विकेट लिएपछि फाइनल प्रवेशका लागि नेपालले ८२ रनको लक्ष्य पाएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार