महिला टी–२० च्याम्पियनसिप : नेपालले पायो ८२ रनको लक्ष्य, अस्मिनाको उत्कृष्ट बलिङ

एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा यूएईले नेपाललाई ८२ रनको विजयी लक्ष्य दिएको छ। सेमिफाइनलको पहिलो खेलमा युएईले १९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर ८१ रन मात्रै बनायो।

युएईका लागि ​वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन्। यस्तै इसा ओजाले १५ रन बनाउँदा छाया मुगलले १४ रन बनाइन्। यस्तै खुशी शर्माले १२ रन बनाइन। त्यस्तै का नाममा रन रह्यो।

युएईलाई सस्तैमा समेट्न अस्मिना कर्माचार्य पाँच विकेट लिँदा इन्दु बर्माले तीन तथा सिता रानामगरले २ विकेट लिइन्। ८२ रनको लक्ष्यसहित नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ। आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ। फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार