१३ किलो गाँजासहित एकजना पक्राउ

मकवानपुर बकैया गाउँपालिका-३ का ३३ वर्षीय लाल काजीलाई १३ किलो गाँजासहित बाराको निजगढ नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले गाँजा ओसारपोसारमा प्रयोग भएको प्र ३–०२–०१० प ३४९३ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सन्जिव ओलीका अनुसार जिल्ला ट्राफिक कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक पुष्कर घिमिरेको कमाण्डमा खटिएको उनलाई पक्राउ गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार