शितलनिवासमा सपथको तयारी, माओवादी केन्द्रबाट आएका सबै मन्त्री यथावत

जसपा सरकारमा आउने बेलासम्म पुरानै मन्त्री दोहोराउने मनस्थितीमा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीको सपथको लागि शितलनिवासमा तयारी हुदैंछ । केहिबेरमा हुने पद तथा गोपनीयताको सपथका लागि प्रधानमन्त्रीसँगै मन्त्रीहरु शितलनिवास पुगेका छन । प्रधानमन्त्री ओलीले आफ्नो नयाँ मन्त्रिमण्डलमा आंशिकबाहेक यसअघिकै मन्त्रीहरुलाई दोहोर्‍याउने तयारी गरेका छन् ।

आफूले सपथ लिएलगत्तै केही मन्त्रीलाई पनि सपथ गराउने प्रधानमन्त्रीको तयारी छ । त्यसमा धेरै अनुहार उनको यसअघिकै मन्त्रिमण्डलका सदस्य हुने ओली निकटको स्राृेतको भनाई छ ।

जसपा सरकारमा आउनेबेला सम्म नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका सातैजनालाई यथावत राख्ने तयारी छ । तत्काल आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बेला भएको र मन्त्रीको जिम्मेवारी हेरफेर गर्न थालेपछि धेरै समय भएकाले यथावत राख्न लागेको स्रोतको भनाई छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालपक्षका नेताहरु मन्त्री हुन इच्छुक भएमा २ देखि ३ जनासम्म मन्त्री बनाउने तयारी गरेका छन। तर, नेपालपक्षका नेताहरुले पार्टी विवाद साम्य भएपछि मात्रै सरकारमा सहभागी हुनेबारे कुरा हुने बताउँदै आएका छन्। यसबाहेक आफूनिकट रहेका यसअघिका धेरैजसो मन्त्रीलाई तत्काल निरन्तरता दिइने योजना प्रधानमन्त्रीको रहेको प्रधानमन्त्री निकट स्रोतको भनाई छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालपक्षका नेताहरु मन्त्री हुन इच्छुक भएमा २ देखि ३ जनासम्म मन्त्री बनाउने तयारी गरेका छन । तर, नेपालपक्षका नेताहरुले पार्टी विवाद साम्य भएपछि मात्रै सरकारमा सहभागी हुनेबारे कुरा हुने बताउँदै आएका छन् । यसबाहेक आफूनिकट रहेका यसअघिका धेरैजसो मन्त्रीलाई तत्काल निरन्तरता दिइने योजना प्रधानमन्त्रीको रहेको ती नेताले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार