मन्त्रिपरिषदमा पुरानै मन्त्री दोहोर्‍याउँदै प्रधानमन्त्री ओली

Sunrise Bank Middle Size

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिँदै छन्। प्रधानमन्त्रीले शुक्रबार साढे दुई बजे शपथ लिदैछन् ।
बिहीबार प्रधानमन्त्रीमा पुन नियुक्त भएका ओलीले मन्त्रिपरिषदमा पुरानै नेताहरुलाई दोहोर्‍याउने भएका छन्। प्रधानमन्त्री ओलीले यसअघि रहेका सबै मन्त्रीलाई पनि आजै सपथ खुवाउने तयारी गरेका हुन् ।

माधव नेपाल र जसपाका नेताहरुसँग कुरा गरेर फेरि मन्त्रिपरिषद् पुनर्गठन हुने बताइएको छ । स्रोतका अनुसार ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने सम्भवना रहेको छ ।

खानेपानी मन्त्री मणि थापा र युवा तथा खेलकुद मन्त्री दावा लामा सांसद नभएकाले १० असारमा स्वतः पदमुक्त हुँदैछन् । माओवादी त्यागेर एमालेमा गएका ७ जना अहिले मन्त्री छन्।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...