मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप

मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धिविरुद्ध बानेश्वरमा मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सो क्रममा झडप भएको हो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा संघले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले ‘मूल्यवृद्धि फिर्ता गर’, ‘प्रधानमन्त्री राजीनामा दे’ लगायत नारा लगाएका थिए । झडपपछि त्यस क्षेत्रमा यातायात सञ्चालन हुन सकेको छैन । झडपमा केहि प्रहरीले र प्रदर्शन कारीहरु घाइते भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार