२५ सय मेट्रिक टन युरिया मल विरगञ्ज आइपुग्यो

२५ सय मेट्रिक टन युरिया मल विरगञ्ज भन्सार कार्यालय आइपुगेको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट ल्याउदै गरेको कुल २४ हजार ५०० मेट्रिक टन मध्ये २ हजार ५०० मेट्रिक टन मल विरगञ्ज आइपुगेको हो ।

बिहीबार मात्र विरगञ्ज आइपुगेको उक्त मल आजै जाँच पास भएर साल्टका विभिन्न प्रादेशिक डिपोहरूमा वितरण भइसकेको छ । बाँकी २२ हजार मेट्रिक टन मल पनि कल्कत्ता आइपुगिसकेको र अबको साता दिनमा सो मल आइसक्ने साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार