प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मूल्यवृद्धि, किसानलाई मल र विद्यार्थीलाई पुस्तक अभावजस्ता विषय उठाएर जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्ने भएको छ ।
बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए । बैठकमा एमालेका २२ वटा जनसंगठनका प्रमुखहरु सहभागी थिए ।
बैठकले आपसी सहकार्यमा मुद्दाअनुसार एकल वा संयुक्त आन्दोलन गर्नसक्ने निर्णय गरेको छ ।