यस्ता छन् मोटरसाइकल र कारमा महंगो पेट्रोल बचाउने तरिका

नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार बृद्धि भएको छ । युक्रेन र रुसबीच द्वन्द्वले अन्तराष्ट्रिय बजारमा नै मूल्य बढेकाले नेपाल पनि पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको हो । हालै मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।

निगमले पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा २१ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १९९ रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २७ ले वृद्धि गरी प्रतिलिटर १९२ रुपैयाँ कायम गरिएको छ।

त्यसैले पेट्रोलको खपत कसरी कम गर्ने भन्ने कुरा चालकले पनि ध्यान दिनु पर्छ । चालकले केही हदसम्म ध्यान पुर्याउन सकेको खण्डमा पेट्रोलको बचत गर्न सकिन्छ ।

३० सेकेन्डभन्दा धेरै रोकिदा इन्जिन अफ गर्ने

आजकल मोटरसाइकल वा गाडीमा ब्रेक लगाएर केहीबेर रोक्नु पर्दा स्टार्ट अफै बन्द हुने स्मार्ट टेक्नलोजीहरु आएका छन् । यदि तपाईको सवारीमा त्यस्तो टेक्नलोजी छैन र ट्राफिक सिग्नलमा ३० सेकेन्डभन्दा बढि समय रोकिनु परेमा इन्जिन अफ गर्नु उपयुक्त हुन्छ । जसले इन्धन खपत कम गर्न सहयोग गर्छ । ३  लिटर इन्जिन भएको औसत गाडीले निष्क्रिय हुँदा हरेक १० मिनेटमा ३०० मिलिलिटर (१ कपभन्दा बढी) इन्धन बर्बाद गर्छ।

घाममा पार्क नगर्ने

प्रायः चालकले आफ्नो सवारी पार्किङ गर्दा ओझेलमा राखेको देखिदैन । तर, हामीले लामो समय पार्कगर्दा सकेसम्म सिधा घाम पर्ने स्थानमा पार्क गर्नु हुँदैन । मोटरसाइकलाई सिधा घाममा पार्क गर्दा फ्यूल ट्याङ्कीमा तापक्रम बढेर इन्धन उढ्ने गर्छ । त्यस्तै गाडी पनि घाममा पार्क गर्दा क्यावीनको तापक्रम बढेर चिस्याउन एयर कण्डिसनलाई धेरै समय लाग्छ । फलस्वरुप इन्धनको नोक्सान हुन्छ ।

टायरको प्रेसर चेक गर्ने

गर्मी महिनामा टायरको एयर प्रेसर आफै पनि घटेको हुन्छ । टायरमा कम्पनीले दिएको गाइड लाइन अनुसार एयर प्रेसर भएन भने सवारी साधन गरुङ्गो हुने र अगाडि बढ्न धेरै शक्ति खर्च गर्नु पर्ने हुन्छ । इन्जिनले धेरै शक्ति निकाल्न इन्धनको खपत बढाउँछ । त्यसकारण अफ्नो सवारी साधनको समय समयमा एयर प्रेसर चेक गरिरहनु पर्छ ।  टायरको हावा कम भएको साधान चलाउँदा इन्धन खपत ४ प्रतिशतसम्म बढ्न सक्छ। यसले टायरको आयु पनि १०,००० किलोमिटरभन्दा बढी घटाउन सक्छ। टायर जानकारी प्लेकार्डमा  सही टायर प्रेसर पत्ता लगाउन सकिन्छ ।

अनावश्यक भार नराख्ने

धेरैले आफ्नो गाडी अनावश्यक बस्तुहरु राख्ने गर्छन । जसले गर्दा गाडीमा अनावश्यक भार पर्छ । साना सवारीमा भार जति कम हुन्छ, तपाईंको गाडीले त्यति नै कम इन्धन प्रयोग गर्नेछ। मध्यम आकारको कारको इन्धन खपत प्रत्येक २५ किलोग्राम वजनको लागि लगभग १ प्रतिशतले बढ्छ।

एयर कन्डिसनरसवारीको प्रयोग थोरै गर्ने 

एयर कन्डिसनरले सवारी साधनको इन्धनको खपत २० प्रतिशत सम्म बढाउन सक्छ। त्यसैले गाडी चलाउँदा झ्यालहरू खोल्नुहोस्र राजमार्गमा झ्यालहरूसहित प्रयोग गर्नुहोस्। यदि तपाइँ एयर कन्डिसनर प्रयोग गर्नुहुन्छ भने, पुन परिसंचरण विकल्प प्रयोग गर्नुहोस्। यसले प्रभावलाई कम गर्नेछ।

पटक पटक क्लच प्रयोग नगर्ने

धेरै चालकहरुको सवारीसाधन क्लच समातेर चलाउने बानी हुन्छ । यसरी क्लच समातेर गाडी चलाउँदा माइलेजमा गिरावट त आउँछ नै इन्जिनको आयु पनि घट्छ । त्यस्तै सवारीसधनको क्लच टाइट भएमा पनि तुरुन्तै मर्मत गर्नु पर्दछ अन्यथा क्लच प्लेट नै बिग्रिन सक्छ ।

हाई स्पीडमा कम गियर नलगाउने

जब सवारी हाई स्पीडमा हुन्छ, अचानक त्यसलाई कम गियरमा झार्नु हुँदैन । विस्तारै स्पीड कन्ट्रोल गरेर मात्र गियर डाउन गर्नु पर्छ । स्पीडमा अचालन लो गियर लगाएमा इन्धनको खपत एकदमै बढ्नुका साथै इन्जिनमै असर पर्न सक्छ ।

इन्जिनलाई बाहिरबाट कभर नगर्ने

कतिपय मोटरसाइकल चालकले इन्जिनलाई हिलो धुलोबाट जोगाउन बाहिर अर्को बस्तुले छोप्ने गरेको देखिन्छ । यसो गर्दा इन्जिनलाई बाहिरी हावाले चिसाउन पाउँदैन । बाहिरी हावाले इन्जिन चिसो बनाउन नपाउँदा इन्जिनको तापक्रम बढ्न जान्छ । यस्तोमा इन्धन बढी खपत गर्नुका साथै इन्जिनको आयुनै घट्ने हुन्छ ।

ब्रेकमा हात वा खुट्टा नराख्ने

धेरै चालकहरुले मोटरसाइकल वा स्कुटर चलाउँदा ब्रेक समातिरहेका हुन्छन् । गाडीमा पनि अधिकंश समय ब्रेक पेडलमा खुट्टा राखेर चलाउने चालक भेटिन्छन् । यसरी गाडी चलाउँदा हलुका ब्रेक लागि रहने हुँदा अघिबढ्न थप शक्तिको आवश्यकता पर्छ । फलतः इन्जिनमा इन्धनको फ्लो बढ्न गई इन्धन खपत बढ्ने हुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार