साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई पाँच सय जरिवाना !

काठमाडौंका बासिन्दाले अब आगामी साउन १ गतेबाट स्रोतमै फोहोर छुट्याउनुपर्ने भएको छ ।

कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने काठमाडौं महानगरपालिकाले जनाएको छ। स्रोत (घरमा) नै फोहोर कुहिने र नकुहिने नछुट्याए त्यस्ता फोहोर नउठाउने पनि महानगरले बताएको छ।

कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने पनि महानगरको वातावरण तथा कृषि विभागले जानकारी दिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार