काठमाडौंको बागबजारको पानीमा भेटियो हैजाको जीवाणु

काठमाडौंको बागबजारका दिदीबहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ । केही दिन अघि एकै परिवारका दुई दिदीबहिनीमा देखिएको हैजा धारा र ट्युवबेलको पानीबाट संक्रमण भएको पुष्टि भएको हो ।

उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ । इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो ।
अहिलेसम्म ५ जनामा हैजा पुष्टि भइसकेको छ । बुधबार डिल्लीबजारमा हैजाको नयाँ केस पुष्टि भएको छ ।

हैजा देखिएका अन्य क्षेत्रको पनि पानीको नमुना परीक्षण भइरहेको छ।

बुधबार डिल्लीबजारमा हैजाको नयाँ केस पुष्टि भएको छ ।चिकित्सकका अनुसार दिसामा पाइने जीवाणु कोलीफर्म तथा इकोली भएको पानी पिउँदा मान्छेको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ । दिसामा पाइने जीवाणुले आउँ, झाडापखाला, जण्डिस लगायतका समस्या देखा पर्नुका साथै मिर्गौला तथा कलेजोमा पनि असर गर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार