प्रधानमन्त्री ओलीको सपथग्रहण दिउँसाे साढे २ बजे

ओलीले आजै मन्त्रिपरिषद गठन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो ।

शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ । गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

ओलीले आजै मन्त्रिपरिषद गठन गर्ने र केहि मन्त्रीहरुले सपथ गराइने बताइएको छ । अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त भएका ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

Loading...