एनआईसी एशिया बैंकद्वारा बचत खातामा घातक रोगको बीमा वापत ३० लाख भुक्तानी

एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत बैंकमा उक्त बचत खाता खोलेका ३ जना ग्राहकलाई घातक रोगको बीमा वापत १० लाखका दरले भुक्तानी गरेको छ ।

बीमा लाभ प्राप्त गर्नेमा इलाम शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेकी रेनु देवि चौधरी, कुलेश्वर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘केएमसी एम्बेसडर’ खालेका पुष्कर सापकोटा र सामाखुसी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डाइमण्ड’ श्रेणीको खाता खोलेकी बिमला दाहाल रहेका छन् ।

लाभग्राहीलाई बैंकले नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो । बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १०६० जना भन्दा बढी ग्राहकले घातक रोग बीमा वापत २ करोड १० लाख, दुर्घटना बीमा वापत ४० लाख र मेडिकल बीमा वापत २ करोड ६१ लाखसहित ५ करोड ११ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता सञ्चालनमा ल्याएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार