बुधबारदेखि उडान रोक्ने वायु सेवा सञ्चालकको घोषणा

हवाई क्षेत्रका समस्या समाधानको माग

बुधबारदेखि नियमित उडान रोक्ने वायु सेवा सञ्चालकले घोषणा गरेका छन् । हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि नियमित उडान रोक्ने वायु सेवा सञ्चालक संघ नेपालले घोषणा गरेको हो।

संघले मंगलबार पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सार्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको छ ।

पूर्व तयारीविना नै नेपाल नागरिक उड्डयन प्राधिकरणले धमाधम उडान रोक्न थालेपछि संघले यस्तो घोषणा गरेको हो । प्राधिकरणको निर्णयविरुद्ध बुधबारदेखि आन्तरिकतर्फका सबै उडान रोक्ने निर्णय भएको छ।

विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न संघले माग गरेको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने माग संघको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार