मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेट अन्तर्गत नेपाल र हङकङबीचको खेल सुरु भएको छ । हङकङविरुद्ध मैदान उत्रँदा नेपाल लगातार चौंथो जितको खोजीमा हुनेछ ।आफ्नो चौथो खेलमा नेपालले ब्याटिङ रोजेको छ।
नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । समूह ‘बी’ मा रहेको नेपाल नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रन, दोस्रो खेलमा कुवेतलाई २५ रन र तेस्रो खेलमा बहराइनलाई ८ विकेटले पराजित गरेको थियो ।
च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।