प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त

एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने

नेकपा एमालेका अध्यक्ष एंव नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत दाबी गर्न दिएको समयभित्र कुनै पनि दलले दाबी पेश नगरेपछि प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
नवनियुक्त प्रधानमन्त्री ओलीले भोलि दिउँसो २ः ३० मा सपथ लिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । सपथग्रहण लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।

प्रधानमन्त्री ओलीले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२)बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेकोमा समयावधिभित्र कसैको पनि दावी पेश हुन नआएकाले राष्ट्रपतिले ओलीलाई
प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन । राष्ट्रपतिबाट दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई आज साँझ ९ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका समर्थनमा प्रधानमन्त्रीमा नियुक्तिका लागि आफ्नो दावी पेश गर्न यही वैशाख २७ गते आह्वान गरेकी थिइन ।
नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम विसं २०७४ फागुन ३ गते नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले धारा १०० को उपधारा (१) बमोजिम सोमबार प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव उपधारा (३) बमोजिम पारित हुन नसकेपछि राष्ट्रपतिबाट सो आह्वान गरिएको थियो ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार