सगरमाथा क्षेत्रमा भेटिए मानव कंकाल

सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ । सफा हिमाल अभियान–२०२ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले गत मंगलबार सगरमाथाको दोस्रो शिविरमा ती अवशेष फेला पारेको हो । त्यहाँ संकलित फोहोर आधार शिविरमा पुनः पोका पार्ने क्रममा मानव अङ्ग फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मानव कंकाल हेलिकप्टरमार्फत लुक्ला पु-याएर इलाका प्रहरी कार्यालयलाई बुझाइएको जानकारी दिइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार