नेपाली शासक झुकेर एसपीपीमा सम्झौता गर्नसक्छन : नेता महरा

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौता गर्न सक्ने आशंका व्यक्त गरेका छन्। उनले भित्रभित्रै सम्झौता गर्ने र ४–५ महिनाको अन्तरालपछि कुरा सेलाउँदै जाँदा कुरा बाहिरिन सक्ने बताएका हुन्।

सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै नेता महराले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरूले एसपिपी राष्ट्रहितविपरीत भनेपछि तत्कालका लागि सम्झौता रोकिए पनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका गर्दै आम नागरिकहरू सचेत रहनुपर्ने बताए।

उनले यो सम्झौताका लागि एमसिसीले ढोका खोलेको र एमसिसीसँग जोडिएको आइपिएसको अर्को रूपमा एसपिपीले नेपालमा स्थान पाएको उल्लेख गरे। नेता महराले साम्राज्यवादको नियन्त्रणमा देश जानसक्नेतर्फ पनि आशंका उब्जिएको बताए।

उनले भने, ‘एसपिपीको सन्दर्भमा केही समय त टरिसक्यो। सरकारले बोल्यो हामी गर्दैनौं। प्रतिपक्षले बोल्यो यो राष्ट्रहितको विरूद्ध छ। सबै पार्टीहरूले बोले केही संसदमा भएका र संसद बाहिर रहेका पार्टीहरूले पनि भने। एसपिपी नेपालको राष्ट्रिय स्वाधिनताको विपरीत छ भन्ने कुरा भएपछि यो तत्काल सम्झौता रोकियो। तर मलाई शंका छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार