मच्छेगाउँमा एक युवाकाे शव भेटियाे

काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेगाउँमा शव फेला परेको छ । मच्छेगाउँको टखेल नयाँबस्तीस्थित डेराको भुईंमा लडेको अवस्थामा शव भेटिएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका ४० वर्षीय रामकाजी थामी मृत फेला परेका हुन् । चार तले पक्की घरको भुइँमा रक्ताम्मे अवस्थामा थामीको शव फेला परेको थियो । उनको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार