हप्तामा दुई दिन बिदा दिने व्यवस्थाले इन्धन खपत घट्यो : निगम

नेपाल आयल निगमले हप्तामा दुई दिन बिदा दिने व्यवस्थाले ११ प्रतिशत इन्धन खपत घटेको दाबी गरेको छ ।

सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले यस्तो बताएका हुन् ।

उनकाअनुसार चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर थियो । वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको थियो । तर, हप्तामा दुई दिन विदा दिइएसँगै जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार