बलात्कार आरोपी मनोज पाण्डे पुर्पक्षका लागि कारागार चलान

मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको कसुरमा अनुसन्धानमा रहेका मनोज पाण्डे भनिने मनोज कुमार जैशी पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पाण्डेलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध २ वटा कसुरमा १८ वर्ष कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो। पाण्डेविरुद्ध मानव बेचबिखनको कसुर र बाल यौन दुर्व्यवहारको कसुरमा १८ वर्ष कैद सजायको मागदाबी गरिएको छ।

अहिले उनलाई डिल्लीबजार कारागार पठाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

पाण्डेमाथि आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए । जसमा भाग लिएकी एक युवतीमाथि आयोजक पाण्डेले नशालु पदार्थ पिलाएर बलात्कार गरेको आरोप छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार