बैतडीमा जीप दुर्घटना हुँदा दुई जना घाइते

बैतडीको पज्यूनयाँमा सोमबार जीप दुर्घटना भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।घाइते हुनेमा शैल्यशिखर नगरपालिका दार्चुलाका गाडी धनी हरिदत्त जोशी र चालक २५ वर्षीय भुवन विष्ट रहेको प्रहरीले जनाएको छ ।

गाडीमा अन्य यात्रु थिएनन् । से १ ज १०८७ नम्बरको जीप दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।

घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको गोकुलेश्वर प्रहरी चौकीका हवल्दार सञ्जय धामीले बताए । जीप पज्युनयाँ बजारबाट गोकुलेश्वरतर्फ गइरहेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार