हवाई भाडा पनि उच्चदरले बृद्धि, कहाँको कति पुग्यो ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै हवाई भाडा पनि वृद्धि भएको छ । १७० रुपैयाँदेखि ८४० रुपैयाँसम्म हवाई भाडा वृद्धि भएको हो ।

नयाँ भाडा दर अनुसार काठमाडौंबाट माउन्टेनको भाडा ६५५ वृद्धि भई १४ हजार ७२० रुपैयाँ पुगेको छ । काठमाडौंबाट भद्रपुरको भाडा ५७० वृद्धि भएर १२ हजार ८०५ रुपैयाँ पुगेको छ ।

काठमाडौंबाट भैरहवाको भाडा प्रतिव्यक्ति ३९५ रुपैयाँले वृद्धि भएर नेपालगञ्जको नयाँ भाडा ८ हजार ५७५ रुपैयाँ, काठमाडौंबाट नेपालगञ्जको भाडा ६२० रुपैयाँले भाडा वृद्धि भएर १३ हजार ८०६ रुपैयाँ, काठमाडौंबाट धनगढी ८४० रुपैयाँले भाडा वृद्धि भएर १६ हजार ८०५ रुपैयाँ, काठमाडौंबाट तुम्लिङटर ३५० रुपैयाँले भाडा वृद्धि भएर ८ हजार ११० रुपैयाँ र काठमाडौंबाट सिमराको १७० रुपैयाँले हवाई भाडा वृद्धि भएर ४ हजार १९५ रुपैयाँ पुगेको छ ।यो भाडा आषाढ ८ गते देखि लागू हुनेछ ।

त्यस्तै, काठमाडौंबाट विराटनगरको भाडा प्रतिव्यक्ति ४५५ रुपैयाँले वृद्धि भएर १० हजार ८० रुपैयाँ, काठमाडौंबाट जनकपुरको हवाई भाडा २४५ रुपैयाँले वृद्धि भएर ५ हजार ७९५ रुपैयाँ, काठमाडौंबाट भरतपुरको ३ सयले भाडा वृद्धि भएर ४ हजार ९५३ रुपैयाँ, काठमाडौंबाट पोखरा ३ सयले भाडा वृद्धि भएर ६ हजार ९०५ रुपैयाँ नयाँ भाडा तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार