सेयर बजार आज पनि राताम्मे, कारोबार रकममा भने सुधार

सोमबार पनि सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन। आज बजार परिसूचक ४९ अंकले घटेको हो । साताको पहिलो कारोबारको दिन आइतवार ३७ दशमलव २७ अंकले घट्दा समग्र बजार मापक परिसूचक १९३४ दशमलव ११ अंकमा ओर्लिएको थियो । आज बजार परिसूचक ४९ दशमलव ३१ अंक अर्थात २।५५ प्रतिशत घटेर १८८४ दशमलव ८१ अंकमा ओर्लिएको छ ।

सोमबार कारोबार रकम भने बढेको छ । आज १ अर्ब ७५ करोड ६ लाख १ सय ७१ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । आइतबार कारोबार रकम १ अर्ब १३ करोडमा सिमित थियो । सोमबार ६१ लाख ८६ हजार ९ सय ४१ कित्ता सेयर ३६ हजार ४ सय ६४ पटकमा खरिद बिक्री भएको थियो, जसमा २३० कम्पनी सामेल थिए ।

आज अन्य उच्च कारोबार गर्ने कम्पनीहरूमा सिवाइसी लघुवित्त, ओरियन्टल होटेल, सिद्धार्थ इक्व्युटी फण्ड, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर लगायतका कम्पनी रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार