भारतमा एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७८१

भारतमा कोरोना भाइरसबाट थप १२ हजार ७८१ सङ्क्रमित भएका छन् । आइतबार मध्यराती अर्थात गत २४ घण्टाको समयावधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो ।भारतमा गत बुधबारबाट सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

यसैवर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए । भारतमा आइतबार १२ हजार ७८१ कोरोना सङ्क्रमित थपिएपछि भारतमा सन् २०२० को मार्चबाट शुरु भएको कोरोना सङ्क्रमितको कुल सङ्ख्या चार करोड ३३ लाख भन्दा बढी पुगेका छ । यसमध्ये ७६ हजार ७०० सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०।१६ प्रतिशत हो ।

पछिल्लो एक दिनमा आठ हजार ५१८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ९९ हजार ३६३ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८।६२ प्रतिशत रहेको छ । कोरोना महामारीबाट आइतबार भारतमा १८ को मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८५० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड १९ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । ८५ करोड ८० लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार