किसानले ट्रकबाट मल खोसेको दृश्य राष्ट्रिय लज्जाको विषय : नरमाया ढकाल

जनता समाजवादी पार्टीकी सांसद नरमाया ढकालले किसानलाई सरकारले समयमा मल र बीउ दिन नसक्नु गम्भीर विषय भएको बताएकी छन् । किसानले बाध्यात्मक अवस्था आएपछि ट्रकबाट मल खोसेर लगेको दृश्य राष्ट्रिय लज्जाको भएको पनि उनले बताइन् ।

उनले भनिन्, ‘यतिबेला सामाजिक सञ्जालमा किसानले मल खोस्दै गरेको एउटा भिडियो भाइरल भएको छ । नेपाल कृषिप्रधान देश भनेर नथाक्ने हामी किसानलाई न उन्नत बीउबिजन दिन सक्छौं, न पर्याप्त मलस किसानले ट्रक रोकेर मल खोस्नु पर्ने बाध्यात्मक अवस्थाको त्यो दृश्य राष्ट्रिय लज्जाको विषय हो ।’

किसानलाई समयमा मल उपलब्ध गराउनका लागि उनले सभामुखमार्फत कृषि मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

यस्तै कांग्रेस सांसद पार्वता डीसी चौधरीले पनि किसानलाई सरकारले मल दिन नसकेको तर तस्करहरूले मल ल्याइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘किसानले मल पाइरहेका छैनन् तर तस्करहरूले सेटिङमा मल भित्र्याइरहेका छन् ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार