पेट्रोलियम पदार्थको मूल्यबृद्धिमा करोर्डौ रुपैयाँ घोटाला भएको एमालेको आरोप

नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य बृद्धिमा करोडौं रुपैयाँ घोटाला भएको आरोप लगाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्मा अर्यालले पुरानो मूल्यमा आइतबार दिउँसो पेट्रोल पम्पहरुमा पेट्रोल र डिजेल पठाएर राति १२ बजेदेखि नयाँ मूल्य कायम गरी करोडौं रुपैयाँको चलखेल भएको बताइन् ।

उनले भनिन्– ‘मूल्य वृद्धि गर्दै सरकारले राहत हैन आहत दिने काम गरेको छ । योबेला आहात दिने हैन राहत दिने बेला हो । मूल्य वृद्धिले जनतालाई कष्टकर बनाएको कुरा एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन । केपी शर्मा ओलीले सरकार छोडेपछि मूल्य वृद्धि गर्न यो सरकारलाई के आइलाग्यो रु यसको जवाफ चाहन्छौँ । जनताको जिवन र जिविकासँग जोडिएको विषयमा किन मूल्य वृद्धि गरियो ?’ उनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट भएको घोटालाको छानविन गर्न आग्रह गरिन् ।

सम्बन्धित मन्त्रीले सदनमा आएर जवाफ नदिँदा सम्म सदन चल्न नदिने उनले बताएकी थिइन् । उनले सभामुखले सम्बन्धित मन्त्रीलाई जवाफका लागि रुलिङ गर्न माग गरिन् । सभामुख अग्नि सापकोटाले एमालेले उठाएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै मूल्य वृद्धिका बारेमा सत्यतथ्य के हो त्यसबारे सदनमा जानकारी गराउनका लागि सबन्धित मन्त्रीलाई निर्देशन दिएपछि एमालेले सुरु गरेको अवरोध स्थगित गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार