काठमाडौं–३ मा रवि लामिछानेका दाजुभाइको रुची, बन्लान् त प्रतिस्पर्धी ?

काठमाडौं । राजनीतिमा होमिएका पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले स्वतन्त्र उमेदवारहरूको सञ्जाल निर्माण गरेका छन् ।लामिछानेका अनुसार उनी काठमाडौं–३ बाट उमेदवारी दिने स्वतन्त्र सञ्जालमा सहमति भएको छ ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको संघारमा देश रहेको अवस्थामा लामिछानेले सोमबार स्वतन्त्र उमेदवारहरूको सञ्जाल निर्माणको अभियान सुरू भएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिए ।

“देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्यूनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरी निर्वाचन क्षेत्र कायम गरिनेछ,” विज्ञप्तिमार्फत उनले जानकारी गराए ।

यस्तै, काठमाडौं–१ मा पुकार बम, काठमाडौं–५ मा रञ्जु दर्शना र ८ मा सुमन सायमीले उमेदवारी दिने भएका हुन् । विश्व साइकल यात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्ने भएका छन् ।

यता हरिशरणका साख्य भाइ रवि लामिछाने पनि प्रतिनिधिसभाको चुनाव लड्ने गृहकार्यमा छन् । उनले पनि काठमाडौंको क्षेत्र नम्बर ३ मै रुची देखाइरहेका छन् । यदि उनले पनि यही निर्वाचन क्षेत्र रोजे भने दाजु-भाइ नै एक-अर्काका प्रतिस्पर्धी बन्ने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार