वार्तापछि माधव नेपालको प्रतिक्रिया राजीनामा नदिने गरि कुरा भएको छैन

दुई शीर्ष नेताबीच कार्यदल बनाएर समझदारी निर्माण गर्ने विषयमा सहमति

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार २ घण्टा वार्ता भएको छ ।

काठमाडौंको चपली हाइटस्थित क्या. रामेश्वर थापाको निवासमा ओली र नेपालबीच वार्ता भएको हो । स्थायी कमिटी बैठकबाट नेपालसहित चार नेताको कारबाही फुकुवा भएलगत्तै दुई शीर्ष नेताबीच भेट भएको हो ।

बैठकपछि प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया दिनुभएन । तर, नेता नेपालले भने वार्ता सकारात्मकरुपमा अगाडि बढेको बताउनुभयो । उहाँले आफूहरुको राजीनामा दुई चार दिनलाई टरेको बताउनुभयो ।

दुई शीर्ष नेताबीच कार्यदल बनाएर समझदारी निर्माण गर्ने विषयमा सहमति जुटेको छ ।

नेपालका अनुसार प्रधानमन्त्री ओली फागुन २८ गतेको निर्णय सच्याउन सकारात्मक रहेको बताउनुभयो । आफूहरुले २०७५ जेठ २ गते फर्कन गरेको मागप्रति ओली सकारात्मक रहेको उहाँको भनाइ छ ।

अध्यक्ष ओली र नेपालबीच गत वैशाख ८ र ९ गते पनि मेरियट होटलमा भेट भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार