अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष कार्कीसहित १० जना निलम्बित

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरेको छ । आइतबार काठमाडौंमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले उपाध्यक्ष कार्की र ८ जना केन्द्रीय सदस्यरुलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

कार्कीसहित केन्द्रीय सदस्यहरु बसन्ता भण्डारी, पदम नेपाली, रमेश खड्का, बालकुमार केसी, उपदेश यादव, सन्जिव चौधरी, रविन बस्नेत र समिर बुढाथोकी निलम्बनमा परेका छन् ।

बैठकमा होहल्ला गर्दै नाराबाजी गरेपछि सो समूहलाई हलबाट निकालिएको थियो । कार्की समूहले वर्तमान केन्द्रीय कमिटी वैज्ञानिक ढंगले गठन नभएको भन्दै खारेजीको माग गरेको छ ।

अनुशासन विपरीतको काम गरेकाले कार्कीसहित ९ जनालाई अनिश्चितकालसम्मका लागि निलम्बन गर्ने निर्णय बैठकले गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।

सोही बैठकले १२ लाख सदस्यता वितरण र १५ हजार कमिटी निर्माण गर्ने लक्ष्य सहित अभियान चलाउने निर्णय समेत गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष मैनालीले बताए । त्यसका लागि ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) मूल नारासहित तीन महिना अभियान चलाउने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार