विराटनगर । पेट्रोलियम पदार्थ भएको चर्को मूल्यवृद्धिविरुद्ध यातायात व्यवसायीले विराटनगरमा चक्काजाम गरेका छन् ।व्यवसायीले पेट्रोलियम पदार्थको कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवंशी चोक सवारीसाधन तेर्स्याएर यातायात अवरुद्ध गरेका हुन् ।
यातायात व्यवसायीको अवरोधका कारण कोशी राजमार्ग हुँदै विराटनगर भित्रिने र विराटनगरबाहिर जाने सार्वजनिजक सवारी साधन रोकिएको छ ।
नेपाल आयल निगमले आइतबार रातिबाट पेट्रोल, डिजललगायत इन्धनमा गरेको मूल्यवृद्धि गरेको छ । आयल निगमले गएराति पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ वृद्धि गरेको हो । यसैगरी, डिजेल र मट्टितेलको मूल्य २७ रुपैयाँले बढेर प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।