पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

नेकपा एमालेनिकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध प्रदर्शन गरेको छ । सोमबार बिहान बुटवल बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका कार्यकर्ताले सडकमा विरोध गर्दै यातायात बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरेका छन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि गरेपछि विद्यार्थीहरूले विरोध गरेका हुन् ।सरकारले जनतालाई पीडामाथि पीडा थोपर्न एकैपटक भारीरूपमा मूल्यवृद्धि गरेको उनीहरुको आरोप छ । मूल्यबृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने अनेरास्ववियुले चेतावनी दिएको छ ।

नेपाल आयल निगमले आइतबार मध्ये रातीदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धी गरेको थियो । जसअनुसार डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार