बुटवलको तिनाउ नदीमा शव फेल

 बुटवलको तिनाउ नदीमा आज एक शव फेला परेको छ  । बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए । शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख केसीले बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार