व्यवसायीले आफूखुसी बढाए गाडी भाडा

पोखरा । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायात व्यवसायीले आफूखुसी गाडी भाडावृद्धि गरेका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले आजैदेखि लागू हुने गरी १५ प्रतिशत भाडा बढाएको हो ।
पृथ्वी राजमार्ग कम्पनीबाट चल्ने सबै गाडीमा भाडा बढेको छ । यसअघि चैतमा पनि कम्पनीले आफुखुसी २० प्रतिशत भाडा बढाएको थियो ।२०६५ सालमा वैज्ञानिक भाडादर पुनरावलोकन समिति गठन भएपछि उक्त समितिको प्रतिवेदनअनुसार २ भागमा वर्गीकरण गरेर १८ तत्वका आधारमा ६५ प्रतिशत र ३५ प्रतिशत इन्धनलाई आधार बनाइएको छ ।

विधानतः पेट्रोलियम पदार्थको मूल्य बढेपछि भाडा समायोजन यातायात व्यवस्था विभागले गर्नुपर्ने हो । तर, व्यवसायी आफैंले सरकारलाई समेत अटेर गरी भाडा बढाएका छन् । कम्पनीका अध्यक्ष योगेन्द्र केसीले सरकारकै कारण भाडा बढाउन बाध्य भएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार