सशस्त्र प्रहरीका ३७ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । आइतबारको बसेको बढुवा समितिको निर्णयले ३७ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।
बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब उपरीक्षकहरूले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन्।