पहिरोका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

निरन्तरको वर्षापछि झरेको पहिरोका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । कपिलवस्तुको धानखोला नजिकै सडकमा पहिरो खस्दा बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वर्षा नरोकिएकाले सडक खुल्न केही घण्टा लाग्नेछ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार