विशेष अदालतले पूर्वमन्त्री एवम् राप्रपाका नेता विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।
विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिने फैसला सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा पाण्डेसहित २१ जनाविरुद्ध साढे आठ अर्ब बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।