सुनको लौरो भित्रिएको रेकर्ड भेटिएन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सुनको लौरो भित्रिएको रेकर्ड नभेटिएको बताएको छ । यसको अर्थ दुबईका राजकुमारले नेपाल आउँदा विदेशबाट सुनको लौरो ल्याएका थिएनन् ।

कार्यालयका प्रमुख महेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट सुनको लौरो भित्रिएको रेकर्ड नभेटिएको बताए । उनले भन्सार कार्यालयबाट सुनको लौरो भित्रिएको भए रेकर्ड कार्यालयमा रेकर्ड हुने बताउँदै भने, ‘यहाँबाट त्यस्तो कुनै सामानको भन्सार तिरेको पाइएन ।’

यद्यपी, उनले झापा पुगेर दिएको मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएको बताइएको थियो । उक्त समाचार बाहिरिएपछि भन्सार कार्यालयले आफ्नो मातहतको निकायबाट सुनको लौरो जाँचपास भए÷नभएको अध्ययन गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार