काठमाडौंको कल सेन्टरबाट अमेरिकामा ठगी, १३ जना पक्राउ

नेपालमा कल सेन्टर सञ्चालन गरेर अमेरिकामा ठगी गरेको आरोपमा प्रहरीले १३ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौंको सामाखुशीमा अर्बिट नेक्सस प्रालि नाममा कल सेन्टर सञ्चालन गरी अमेरिकामा बस्नेहरुलाई कम्प्युटरमा म्यासेज पठाएर ठगी गरेको आरोपमा २ जना भारतीय नागरिक र ११ जना नेपाली नागरिक गरी १३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ‘अर्बिट नेक्सस प्रालि’का संचालक बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने ३३ वर्षीय बिजय श्रेष्ठ र उनका मुख्य सहयोगी दुईजना भारतिय नागरिक छन् । कलसेन्टरको सुपरभाइजर भारत घर भएका ३२ वर्षीय निशान्त गैरे र कल सेन्टरमा काम गर्नेहरुलाई मनिटरिङ गर्ने भारतिय नागरिक २४ वर्षका मनिष तिवारी छन् ।

आरोपीहरुले माईक्रोसफ्ट कम्पनीको कल सेन्टरको नाममा कम्प्यूटर र ल्यापटप जस्ता विद्युतिय सामग्रीमा सुचना पठाएर फिसिङ गर्थे । युजरको डिटेल लिएपछि ह्याक गरेर बैंक खाताको रकम ट्रान्सफर गर्ने गरेका थिए ।

पक्राउ पर्नेमा धुम्बाराहीस्थित कल सेन्टरमा काम गर्ने १० जना कामदार छन् । २२ वर्षका अमिन खड्का, २२ वर्षीय करण गुरुङ, अनोज लामा, २० वर्षीया आरुषी राई, २१ वर्षीया युबिना तामाङ, २३ वर्षीया आरस तुलाधार, २६ वर्षीया सपना मग्राती, २९ वर्षीया टिका राउत, २४ वर्षीया सुनिता राउत र १९ वर्षीय सागर श्रेष्ठ रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार