नेपाली काँग्रेस र माओवादी केन्द्रबीच निर्धारित समयभित्रै बहुमतीय सरकारको दाबी गर्ने सहमति

प्रचण्ड देउवा भेटपछि काँग्रेस पदाधिकारी बैठक

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच राष्ट्रपतिले दिएको समयसिमाभित्रै बहुमतीय सरकारको दाबी गर्ने सहमति भएको छ । काँग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा बहुमतीय सरकारको दाबी समयमै पेश गर्ने सहमति भएको हो ।

वैकल्पिक सरकार गठनको समय घर्किँदै गइरहेका बेला ठोस रणनीति बनाउन विहिबार दिउँसो प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।

स्रोतका अनुसार देउवा र प्रचण्डबीच समयमै बहुमतको सरकारको दावी लिएर शीतलनिवास जाने सहमति भएको छ । संविधानको धारा ७६ ९२० को सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्म समय दिएकी छिन् ।

प्रचण्ड देउवा भेटपछि बुढानिलकण्ठमै काँग्रेस पदाधिकारी बैठक बसेको छ । जारी पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि अन्य दलहरूसँग भइरहेका प्रयास तथा निचोड, अबको रणनीतिलगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।
सरकार गठनको दाबी पेश गर्ने तयारी गरिरहेको विपक्षी गठबन्धनमा अहिलेसम्म बुहमत भने देखिएको छैन । उता एमालेको माधव झलनाथ पक्षका केहि सांसदले राजीनामा दिने र विपक्षीलाई बहुमत जुटाउन सघाउने तयारी गरिरहेको बुझेपछि आज एमाले अध्यक्ष ओलीले एमालेको असन्तुष्ट पक्षलाई मनाउने प्रयत्न जारी राखेको छ । यसका लागि एक विवादस्पद व्यापारीको घरमा केपी शर्मा ओली माधव कुमार नेपालबीच भेटवार्ता चलिरहेको छ । भेटमा सहमतिको प्रयासभन्दा बढि असन्तुष्ट पक्षलाई अल्मलाउने र समय घर्काउने रणनीतिमा ओली पक्ष देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार