नेपाल बैंक लिमिटेडकाे संचालक समिती सदस्यमा नेपाल सरकारकाे तर्फबाट भर्खरै नियुक्त भएका केदारनाथ शर्माले पद तथा गाेपनियताकाे शपथ लिएका छन् ।
अर्थमन्त्रालयका सहसचिव रहेका शर्माले शुक्रबार पद तथा गाेपनियताकाे शपथ लिएका हुन् । यसअघि उनकाे पदमा रितेश कुमार शाक्य थिए ।
शर्माले शपथ लिँदै आफ्नाे कार्यकालमा बैंककाे लागि सक्दाे याेगदान गर्न प्रतिवद्धता गरेका छन् ।