नेप्सेमा ओरालो यात्रा जारी, ३७.२७ अंकले घट्यो

सेयर बजारमा  ३७ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३७.२७ अंकले घटेर १९३४.११ विन्दुमा कायम भएको हो। क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज ७.२९ अंकले ओरालो लागेको छ ।

पहिलो कारोबार दिन २२३ कम्पनीको सेयर किनबेच भएको छ। यसअनुसार दिनभरिमा २७ हजार पटकको किनबेचमा ३६ लाख ६६ हजार कित्ता सेयर बिक्री भएको छ।यो भनेको १ अर्ब १३ करोड रुपैयाँको कारोबार हो  । आज सबै १३ वटै उपसूचकहरु राताम्य छन् । आइतबारको कारोबारमा आँधिखोला लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाए पनि अन्य कम्पनीका लगानीकर्ताले ४.०५ प्रतिशतसम्म मात्रै कमाएका छन् ।

गुमाउने लगानीकर्ताले १० प्रतिशतसम्म गुमाउँदा नेपाल टेलिकमको सर्वाधिक १० करोड रुपैयाँको खरिदबिक्री भएको नेप्सेले जनाएको छ  ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार