संघ र प्रदेशको निर्वाचन मंसिरमा गर्ने गरी छलफल भइरहेको छ : माधव नेपाल

गठबन्धन संघीय निर्वाचनसम्म नै रहन्छ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन गर्ने गरी तयारी भइराखेको जानकारी दिएका छन् ।सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रममा उनले गठबन्धनको बिहानको बैठकमा मंसिरमा निर्वाचन गर्ने बारे छलफल भएको बताए ।

‘आज बिहानको छलफलमा निर्वाचनको तयारीमा जुट्नुपर्ने कुरा भएको छ । संघीय र प्रदेशसभाको निर्वाचन छ महिनाभित्र निर्वाचन हुन्छ,’ उनले भने,‘मंसिर महिनालाई आधार मानिरहेका छौं । अहिलेदेखि नै छलफल चलाउनुपर्ने आवश्यकता छ । त्यसमा उम्मेदवार र सिट बाँडफाँटका विषयमा ।’

संघीय निर्वाचनसम्म नै गठबन्धन जारी रहने उनको भनाइ थियो । उनले संघ र प्रदेशको निर्वाचन एकै चरणमा हुने सम्भावना रहेको समेत बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार