गाउँपालिका उपाध्यक्षका देवरको निधनमा सार्वजनिक बिदा

रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षको देवरको निधनमा सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिका अध्यक्ष गयाप्रसाद बरहीले जारी गरेको सूचनामा गाउँपालिका कार्यालयदेखि विद्यालय र संघ संस्थाहरू सम्मलाई बिदा दिइएको उल्लेख छ ।गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको व्यक्तिको निधन भएकाले सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले आफूलाई बिदाको सूचना बारेमा जानकारी नभएको रआफू घर बिदामा रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार