‘एसपीपी पनि व्याख्यात्मक घोषणासहित पारित हुने त होइन ?’

काठमाडौं । अन्तराष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन भन्दै आशंका व्यक्त गरेकी छन् ।समितिको आइतबारको बैठकमा उनले एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनमा धारणा नदिएकाले अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोलाएको उनले बताइन् ।

‘सदनमा जवाफ दिएको भए प्रधानमन्त्रीलाई समितिमा बोलाउने थिएनौं । सदनमा कुरा उठेको थियो तर प्रधानमन्त्रीले सदनमा आफ्नो धारणा दिनुभएन । सम्बन्धित समिति भएको कारणले गर्दा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको कारणले गर्दा प्रधानमन्त्रीलाई आमन्त्रण गरेका हौं । उहाँको तर्फबाट जवाफ पाउने आशा र अपेक्षा गरेका हौं । हामीले के चाहेका थियौं भने प्रधानमन्त्री सेनापति र परराष्ट्रमन्त्रीलाई बोलाउने भनेका हौं,’ उनले भनिन् ।

समितिको आइतबारको बैठकमा प्रधानमन्त्री देउवालाई आमन्त्रण गरे पनि उनी अनुपस्थित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार