मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने समाजवादीको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूहरूले गरेको मन्त्री हेरफेरको निर्णय छिट्टै कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको। आज बालुवाटारमा बसेको गठबन्धनको बैठकमा उक्त निर्णय कार्यान्वयन गर्न माग राखेको एसका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

‘मन्त्रिपरिषद्मा हाम्रो टिमबारे कुराकानी भयो । हामीले निर्णय गरिसकेका छौँ । तुरुन्तै कार्यान्वयन गर्नुस् । अब हामी पर्खिने अवस्थामा छैनौँ भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौँ,’ उनले भने ।

प्रधानमन्त्री देउवाले बजेट पारित भएपछि उक्त निर्णय कायौन्वयन गर्ने आश्वासन दिएका छन् ।एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी भएकाहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका लागि नाम सिफारिस गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार