देउवा र ओलीसँगको भेटपछि महन्थले आफू पक्षका सांसदलाई रिसोर्टमा पुर्‍याए

जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि ठाकुरले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा पुर्‍याएका हुन् ।

रिसोर्टमा पुगेका एक सांसदका अनुसार बैठकका लागि भन्दै भक्तपुरको रिसोर्ट लगिएको हो । उनका अनुसार त्यहाँ १३ जना सांसद मात्र रहेका छन् । महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झासहितका शीर्ष नेताहरू समेत त्यहाँ पुगेका छन् । जसपाका ३४ मध्ये हाल ३२ सांसद छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार